भद्रकाली माविलाई मदरल्याण्ड एसइई कप फुटसलको उपाधि
पाेखरा | असार ३, २०८१
पोखरा: पोखरा -७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ ।
भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधि जितेको हो ।
उपाधिसहित भद्रकालीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे ।
यस्तै उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्याे । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।
प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगाएतले पुरस्कार वितरण गरेका थिए ।
तीन दिनसम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसइई दिएका विद्यार्थीका ७२ टिम सहभागि भएका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

